scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

धनपालथानमा समाजवादीले कांग्रेसलाई सघाउने


मोरङ, २७ कात्तिक । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ ।

दुई पार्टीद्वारा बुधबार यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, समाजवादी पार्टीका केन्द्रीय सदस्य भूराज राई, काँग्रेसका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव र संयुक्त उम्मेदवार साहले समाजवाद र लोकतन्त्रलाई बलियो बनाउन दुवै पार्टीबीच संयुक्त उम्मेदवार चयन गरिएको जानकारी दिए । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage