scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन

काठमाडौँ, २८ कात्तिक । प्रदेशसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गत विभिन्न चार महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएको हो । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममा निर्धारण गरिएको बजेट खर्च, वित्तीय एवं भौतिक प्रगतिका सम्बन्धमा महाशाखा प्रमुखहरुसँग छलफल भएको थियो ।

समितिका सदस्यहरुले योेजना कार्यान्वयनमा देखिएको ढिलासुस्ती र गुणस्तरीय सेवा भए÷नभएकोबारे जिज्ञासा राखेका थिए ।

प्रदेशसभा सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले कानूनी प्रक्रिया र कर्मचारी व्यवस्थापनका कारण काममा ढिलाइ भए पनि अब कामले तीव्रता पाउने बताए ।

समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेशसभा सदस्यहरु वीरबहादुर राना, नारायणप्रसाद आचार्य, धर्मबहादुरलाल श्रीवास्तव, फकरुद्धिन खान, तारा जिसी, लौटी थारूले प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुको प्रगतिबारे जिज्ञासा राखेका थिए ।

बैठकले आगामी मङ्सिर १९ गतेदेखि प्रदेश सरकारद्वारा सञ्चालित आयोजनाहरुको अनुगमन गर्ने निर्णयसमेत गरेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage