scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

हवाइ आक्रमणमा ३२ जनाको मृत्यु भएपछि इजरायल र जिहादीबीच युद्धविराम

एजेन्सी, २८ कात्तिक । इजरायल र जिहादी समूहबीच गाजा पट्टीमा युद्ध विराम गर्ने सहमति भएको छ ।

इजरायल र जिहाली समूहबीच बिहीबार युद्धविराम गर्ने सहमति भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । इजिप्टको मध्यस्थतामा उक्त युद्धविराम भएको जनाइएको छ ।

इजिप्टको मध्यस्थतामा भएको युद्धविरामप्रति जिहादी समूहसहित प्यालेस्टाइनका अन्य लडाकु संगठनले समेत सहमति जनाएको समाचारमा बताइएको छ ।

दुई दिनदेखि गाजा क्षेत्रमा इजरायल र जिहादी समूहबीच तनाव उत्पन्न भएको छ । मंगलबार इजरायली सेनाले गरेको हवाइ कारबाहीमा जिहादी समूहका कमाण्डर अबु अल–अता र उनकी पत्नी मारिएपछि तनाव चर्किएको हो ।

आफ्ना कमाण्डरलाई इजरायली सेनाले हत्या गरेको भन्दै जिहादीहरुले इजरायलमाथि कैयौं रकेट प्रहार गरेका थिए । जवाफ स्वरुप इजरायलले गाजा क्षेत्रमा पुनः हवाइ हमला गरेको थियो ।

इजरायली हवाइ हमलामा परी ३२ प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ ।

यो पनिः

सर्वसाधारण प्यालेस्टिनीमाथि इजरायली सेनाको दादागिरी, मानवबस्तीमा अन्धाधुन्ध बमवर्षा

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु, श्रीमती पनि मारिइन्

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage