scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु, ८ जना घाइते

सल्यान, २८ कात्तिक । त्रिवेणी गाउँपालिका-४ मा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

सल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै दुर्घटना भएको हो । प्रहरीले जीप अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ।

दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।

परियार र थापाको अञ्‍चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा निधन भएको हो ।

त्यस्तै दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते हुने सबै एउटै वडाका रहेका छन्। घाइतेको उपचार अञ्‍चल अस्पताल तुल्सीपुरमा भइरहेको । चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage