scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

‘नरसंहार, युद्ध र तनावको कारण अमेरिका र इजरायल’

एजेन्सी, २८ कात्तिक । इरानी राष्ट्रपति हसन रोहानीले मध्यपूर्वमा जारी हरेक युद्ध र तनावको मूल कारण अमेरिका र इजरायल भएको आरोप लगाएका छन् ।

बिहीबार राजधानी तेहरानमा ३३ औं इन्टरनेशनल इस्लामिक युनिटी कन्फेरेन्सलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रोहानीले यस्तो बताएका हुन् । अमेरिकी र इजरायली नीति नै मध्यपूर्व अशान्त, अस्थिर र युद्धग्रस्त बनेको उनको भनाइ छ ।

‘गत ३ दशकदेखि मध्यपूर्वमा जारी युद्ध, नरसंहार र विवादको कारण इजरायल र अमेरिका नै हुन्’, रोहानीले भने ।

मध्यपूर्वमा पछिल्लो समय अमेरिकी नीति असफल बन्दै गएको समेत रोहानीले बताए । त्यस्तै इस्लामिक विश्वको सबैभन्दा महत्वपूर्ण मुद्दा प्यालेस्टाइन र अल कुड्द(जेरुसलेम) समेत भएको उनले प्रस्ट पारे । तर अमेरिका र इजरायल मिलेर यी दुबै मुद्दालाई ओझेलमा पार्न खोजेको समेत उनको भनाइ छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage