राकिटिकले बार्सिलोना छोड्ने पक्का
काठमाडौँ, २९ कात्तिक । सन् २०१४ मा बार्सिलोनामा अनुबन्ध भएका इभान राकिटिकले बार्सिलोना छोड्ने पक्का भएको छ ।
यस सिजन उनीमाथि बार्सिलोना प्रशिक्षक भलभरडेल विश्वास नगरेपछि बार्सिलोना छोड्ने निर्णय गरेका हुन् । बेन्चमा मात्र सिमित राखेपछि राकिटिकले बार्सिलोना छोड्ने निर्णय गरेका हुन् ।
बार्सिलोनाले आफुबाट बल खोसेको आरोप लगाएका थिए ।
उनलाई पिएसजी जान दिइने र नेयमारलाई बार्सिलोना फर्काउने निर्णय पनि भएको खबर बाहिर आएको थियो । तर, यसबारे आधिकारिक निर्णय हुन पाएन । राकिटिक यही अवस्था रहे विकल्प खोज्न बाध्य हुने बताएका हुन् ।
तर, आफु उमेरले पनि उच्च फर्ममा रहेको बताएका छन् । आफु बल्ल ३१ वर्षको भएको र ३८ बर्षको खेलाडी झै व्यवहार गरिएको उनले बताए ।