scheduleबुधवार आषाढ़ २४ गते, २०७७

भारतीय नक्सा प्रकरण : खारेजीको माग गर्दे विद्यार्थी र युवाको प्रदर्शन

पाल्पा, २९ कात्तिक । भारतले हालै जारी गरेको नयाँ नक्सा खारेजीको माग गर्दै पाल्पाका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन भएका छन् । सत्तारूढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियु, युवासंघका साथै राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी संगठन, युवक संगठन, कांग्रेसनिकट नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन, मसाल जुलुस, नक्सा जलाउने, हस्ताक्षर अभियानलगायत क्रियाकलाप गर्दै आएका हुन् ।

राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु छैटौंले बुधबार नक्सा खारेज हुनुपर्ने माग गर्दै तानसेनमा नक्सा जलाउने, मसाल जुलुस, पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ ।

तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसबाट सुरु भएर आन्दोलन चोक हुँदै बसपार्कबाट पुन: क्याम्पस गेटमा पुगेर कोणसभा गरिएको छ । सभालाई नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरिबोल भट्टराई, नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति सुरेश बोहरा, त्रिभुवन बहुमुखी क्याम्पसका उपसभापति पुण्य सुवेदी, संघका त्रिभुवन बहुमुखी क्याम्पसका कार्यवाहक सभापति सुवास गैरेले सम्बोधन गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय