scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सरकारी वकिल कार्यालयले रुपज्योतिविरुद्ध मुद्दा नचलाउने, केहीबेरमा थुनामुक्त हुँदै

काठमाडौं, २९ कात्तिक । सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी रुपज्याेतिविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ।

प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन बुझेपछि सरकारी वकिल कार्यालयले रुपज्योतिविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । रुपज्योतिविरुद्ध परेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको हो ।

यसअघि जिल्ला अदालत काठमाडाैंले रुपज्योतिविरुद्धको मुद्दा देवानी प्रकृतिको भएको भन्दै फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो। अदालतको सोही निर्णयका आधार मान्दै सरकारी वकिलको कार्यालय मुद्दा नचालउने निष्कर्षमा पुगेको हो।

सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भएपछि ज्योति प्रहरी हिरासतबाट रिहा हुने भएका छन् । दरबार मार्ग प्रहरी वृत्तमा थुनामा रहेका रुपज्योति र उनकी छोरी सुरुची केहीबेरमा छुट्न लागेका हुन् ।

जिल्ला अदालत काठमाडौंले पूर्वअर्थ सहायक मन्त्री समेत रहेका रुपज्योतिलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । ज्योतिलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो ।

रुपज्योतीमाथि अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो ।

महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई गत बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay