scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

अदालतले सुटुक्क हाजिर भएकी शिल्पालाई तारेखमा छाड्यो

काठमाडौं, २९ कात्तिक । जिल्ला अदालत काठमाडौंले नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

अदालतले शुक्रबार शिल्पालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । उनी शुक्रबार अदालतमा सुटुक्क हाजिर भएकी थिइन् ।

पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।

तर, पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् ।

निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage