scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

कडा सुरक्षाबीच श्रीलंकाली नागरिक राष्ट्रपतीय निर्वाचनमा सहभागी हुँदै

एजेन्सी, ३० कात्तिक । श्रीलंकाली नागरिकले नयाँ राष्ट्रपतिका लागि आज मतदान गर्दैछन् ।

श्रीलंकामा शनिवार नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेको छ। निर्वाचनमा ३५ जना उम्मेदवारहरू मैदानमा उत्रेका छन् । आजको निर्वाचन सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो।

शनिबारको निर्वाचनमा दुईजना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने समाचार माध्यमले जनाएका छन् । पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ गोटाबाया राजापाक्ष र सजिथ प्रेमादसाबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

तर चुनावी दौडमा भने वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना सहभागी छैनन्। इस्टर पर्वका बेला भएका हमलालगत्तै तीव्र आलोचना भएपछि उनी चुनावमा नउठेका हुन् । ‍

सात महिनाअघि इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन गराउँदा कम्तीमा २५३ व्यक्तिको मृत्यु भएको थियो । सरकारले उक्त हमला गुप्तचरी कमजोरका कारण रोक्न नसकिएको समेत बताएका थियो ।

भारतीय गुप्तचर निकायबाट हमलाका योजनाबारे सूचनाहरू आएपनि सम्बन्धित अधिकारीहरूले त्यसलाई गम्भीर रूपमा नलिएको त्यहाँका रक्षामन्त्रीले बताएका थिए।

श्रीलंका पछिल्लो पटक आतंकवादी आक्रमणको तारो बन्दै आएको छ । त्यसैले मतादान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको समाचारमा बताइएको छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage