scheduleआइतवार श्रावण २५ गते, २०७७

ओलीलाई देउवाको प्रश्न- राष्ट्रवादको नारा दिने तर कालापानीमा लम्पसार पर्ने?

काठमाडौं, ३० कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रवादको मन्त्र जप्ने प्रधानमन्त्री सीमामा भने लम्पसार परेको कटाक्ष गरेका छन् ।

कञ्चनपुरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो कटाक्ष गरेका हुन् । सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउन कम्युनिष्ट सरकार गम्भीर नभएको समेत उनको आरोप छ ।

‘सीमा विवादमा कम्युनिष्ट सरकारले मतलबै गर्दैन। राष्ट्रवादको नारा दिने, कुटनीतिक तवरबाट विवाद हल गर्ने काम नगर्ने?’, देउवाले ओलीलाई लक्षित गरी प्रश्न गरे, ‘सरकारले गर्ने पहलमा हाम्रो समर्थन रहन्छ भनेकै हो। राष्ट्रवादको नारा दिने अनि लम्पसारवाद हुने? विवाद समाधान गर्ने काम त गर्नुपर्‍यो नि ?’

त्यस्तै देउवाले आफू प्रधानमन्त्री भएका बेला सीमा विवाद मिलाउन पहल गरेको दाबी समेत गरे।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय