एन्फाद्वारा विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त
काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल संघले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशीलाई बर्खास्त गरेको हो ।
एन्फाका अनुसार विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेकोले कारवाही गरिएको हो । उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएका थिए ।