scheduleबिहिवार फाल्गुन १५ गते, २०७६

गोरुको आक्रमणमा परी एक महिलाको ज्यान गयो

सांकेतिक तस्बिर

संखुवासभा, ३० कात्तिक । खाँदबारी नगरपालिका-११ मा गोरुले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

गोरुले हानेर गम्भीर घाइते भएकी खाँदबारी ११ हरेलो बस्ने ७३ वर्षीया फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हो ।

घाँस हाल्न गोठ पुगेकी शेर्पालाई गोरुले हानेको थियो । गोरुको आक्रमणमा परी उनी गम्भीर घाइते भएकी थिइन्। घाइते शेर्पाको उपचारको क्रममा शनिबार जिल्ला अस्पताल खाँदबारी ज्यान गएको प्रहरीले जनाएको छ।

शेर्पाको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय