scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

आर्थिक अनियमितता गरेको आरोपमा गाउँपालिका अध्यक्ष निलम्बित

कालिकोट, ३० कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई निलम्बन गरेको छ ।

अध्यक्ष बमले गाउँपालिकाको अध्यक्ष भएपछि आर्थिक अनियमित गरेको र पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै जिल्ला समिति सदस्यबाट‍ निलम्बित गरिएको हो ।

बमले आर्थिक अनियमितता गरेको र पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै व्यापक गुनासो आएपछि जिल्ला समितिको सदस्यबाट निलम्बन गरिएको नेकपा कालिकोटले जनाएको छ । छानबिन लागि निलम्बन गरिएका बमको साधारण सदस्यता खोस्ने वा नखोस्ने भनेर पछि निर्णय गरिने नेकपा कालिकोटले जनाएको छ ।

अध्यक्ष बममाथि छानबिन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।समितिमा जिल्ला सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा रहेका छन् ।

अध्यक्ष बममाथि कारबाहीको माग गर्दै जिल्ला समितिका १० जनाले पार्टीमा उजुरी गरेका थिए ।

तर अध्यक्ष बमले भने पार्टीले आफूलाई निलम्बन परेपनि जनताले निलम्बन नगरेको प्रतिक्रिया दिएका छन् । आफूले कुनै आर्थिक अनियमिता नगरेको उनको दाबी छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage