scheduleबुधवार आषाढ़ २४ गते, २०७७

सीमामा नेपाली विद्यार्थी र भारतीय सुरक्षाकर्मीबीच ढुंगा हानाहान

काठमाडौं, ३० कात्तिक । नेपाली विद्यार्थी र भारतीय सुरक्षा बल एसएसबीबीच सीमावर्ती क्षेत्रमा ढुंगा हानाहान भएको छ ।

भारतसँग सीमा जोडिएको इलामको सन्दकुपुरमा शनिबार नेपाली विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान भएको हो।

भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ता गर्न भन्दै आन्दोलन गरिरहेका विद्यार्थी र एसएएबीबीच झडप भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अगुवाईमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको बताइएको छ ।

 एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको थियो । एसएसबीले भ्यु पोइन्ट प्रवेश नदिनेगरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन्।

सदरमुकामबाट गएका ३० विद्यार्थीसहित स्थानीय गरी करिब ५० जनाले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय