scheduleबुधवार आषाढ़ २४ गते, २०७७

डायलासिस गरेर बालुवाटार फर्किए ओली

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पतालमा मृगौलाको डायलासिस गरेर बालुवाटार फर्किएका छन् ।

शनिबार ग्रान्डी अस्पतालमा प्रधानमन्त्री ओलीको डाइलासिस गरिएको थियो । डायलासिस लगत्तै उनी प्रधानमन्त्री निवास बालुवाटर फर्किएका छन्।

प्रधानमन्त्री ओलीलाई शनिबार बिहान डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।‍ अस्पतालमा उनलाई तेस्रो पटक डायलाइसिस गर्न लागिएको हो । पछिल्लो समय उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।आज प्रधानमन्त्री ओलीको पिसाब नलीमा राखिएको स्टेन निकालिएको छ । प्रधानमन्त्रीको पिसाबनलीमा  कात्तिक १३ गते स्टेन राखिएको थियो ।

प्रधानमन्त्री ओली साउन  १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । साउन २७ गते स्वदेश फर्किएका ओलीले भदौ ५ गते फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो। १२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गरेका थिए।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय