scheduleसोमवार आषाढ़ २२ गते, २०७७

बोक्सीको आरोपमा आफन्तद्वारा नै निर्घात कुटिएपछि…

सप्तरी, ३० कात्तिक ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी एक महिलामाथि  बोक्सीको आरोपमा कुटपिट भएको छ।  छोरा र बस्तुभाउलाई बोक्सी मन्त्र प्रयोग गरी बिरामी बनाएको भन्दै श्यामवतीदेवी मण्डललाई शुक्रबार आफन्तले कुटपिट गरेका हुन्।

कुटपिटमा घाइते भएकी मण्डलको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। आफन्त मोतीप्रसाद मण्डल, वीणादेवी र अलका मण्डल लगायतकाले छोरा र गाईभैंसीलाई बोक्सी मन्त्र प्रयोग गरी घाइते बनाएको भन्दै निर्घात कुटेको पीडित महिलाले बताएकी छन् ।  करिब दुई महिनाअघि आफूसहित पतिलाई पनि कुटपिट गरेको उनले  गुनासो गरिन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय