scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरे

काठमाडौँ, १ मंसिर । क्रिकेटका लिजेण्ड सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् । उनले आज बिहानै पशुपतिनाथको दर्शन गरेका हुन् ।

शुक्रबार राति नेपाल आएका उनले पशुपतिमा विशेष पूजा गरेको बताइएको छ ।

युनिसेफको आयोजनामा कीर्तिपुर मैदानमा भएको खेलमा सचिनको टिमले विनोद दासको टिममाथि जित दर्ता गरेको थियो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।

बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल स्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । यसै अवसरमा उनले नेपालका विशेष महत्वका स्थानहरुको भ्रमण गरेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage