scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

ठुलो परिमाणमा चरेससहित पाँच पक्राउ

गुलरिया, १ मंसिर । बर्दिया प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ । शनिबार राति  गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित सडक बाटो बाट ५८ किलो लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।

पक्राउ पर्नेमा पुर्वी रुकुमका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगर रहेको प्रहरी नायब उपरिक्षक राम शंकर कोहारले बताए ।

उनिहरुबाट ५८ किलो चरेस, भारतिय र नेपाली गरि नगद ३२ हजार ५ सय ९८ रुपैया र ५ थान मोबाइल समेत पक्राउ गरेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage