scheduleआइतवार आषाढ़ २१ गते, २०७७

कामचोर ठेकेदारलाई सरकारले संरक्षण गर्‍योः पौडेल

फाइल तस्बिर

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले कामचोर ठेकेदारलाई नेकपाका नेता र सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

नेता पौडेलले ठेक्दा लिएर समयमा नै काम सम्पन्न नगर्ने ठेकेदारविरुद्ध सरकारले कठा कदम चाल्न नसकेको बताएका हुन् । उनले नेकपाकै कतिपय नेताले कामचोर ठेकेदारलाई संरक्षण गरेका कारण सरकारले त्यस्ता ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताएका हुन् ।

‘काम नगर्ने ठेकेदारलाई सरकारले संरक्षण गरिराखेको छ’, आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले भने ।

नगरकोट सडक कालोपत्रे गर्न ठेकेदारले ढिलाइ गरिराखेको भन्दै उनले राजनीतिक पार्टीका नेताका आडमा समयमै काम नहुने प्रवृत्ति बढेको बताए।

त्यस्तै फरक प्रसंगमा बोल्दै पौडेलले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत दिएर विजय गराउन समेत आग्रह गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय