scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

उत्तर कोरियाले आपत्ति जनाएपछि संयुक्त सैन्य अभ्यास स्थगित

काठमाडौं, १ मंसिर । अमेरिका र दक्षिण कोरियाले यसै महिना हुन लागेको संयुक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय गरेका छन् । उत्तर कोरियाले विरोध गरेपछि उक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अमेरिकी र कोरियाली अधिकारीले यही महिना हुन लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जानकारी आइतबार दिएका हुन् । यसअघि उत्तर कोरियाले संयुक्त सैन्य अभ्यास भएमा कडा जवाफ दिने चेतावनी दिएको थियो ।

थाइल्याण्डको बैंककमा रहेका अमेरिकी रक्षामन्त्री र दक्षिण कोरियाली रक्षामन्त्रीले संयुक्त सैन्य अभ्यास स्थगित गरेको जानकारी दिएका थिए ।

पछिल्लो समय कोरियाली प्रायद्धीपमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको मात्रा कम गर्दै आएका छन् । संयुक्त सैन्य अभ्यास कम भएता पनि उत्तर कोरियाले भने दुबै मुलुकको आलोचना गर्दै आएको छ ।

उत्तर कोरियाली अधिकारीले संयुक्त सैन्य अभ्यासलाई आफ्नो मुलुकमाथि हमला गर्ने तयारीको रुपमा लिँदै आएका छन् । यस्तो अभ्यासले दुई कोरियाबीचको सम्बन्ध थप बिग्रने उनीहरुको भनाइ छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage