scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

रानु मण्डलको मेकअप कसले गर्‍यो ? सामाजिक सञ्जालमा ट्रोल जारी

काठमाडौं, १ मंसिर । कुनै समय रेलवे स्टेशनमा गीत गाएर आफ्नो जिन्दगी गुजार्दै आएकी ५५ वर्षीय रानु मण्डल अहिले सेलिब्रिटी बनेकी छन् ।

तर पछिल्लो समय मण्डलको स्टाइल र हाउभाउ निकै बदलिएको छ । यही भएर उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । हालै उनले आफ्ना एकजना फ्यानको बेइज्जत गरेकी थिइन् । त्यसपछि उनीप्रति केही मानिसले आक्रोश समेत पोखेका थिए र केहीले उनलाई ट्रोल गरिरहेका छन् ।

पछिल्लो रानु मण्डलको एक तस्बिर भाइरल बनेको छ । उक्त तस्बिरमा मण्डलको अनुहार मेकअपले पोतिएको देख्न सकिन्छ । उक्त तस्बिर कसले बनाएको थियो भनेर प्रस्ट भइसकेको छैन । तस्बिर नक्कली वा सक्कली के हो भनेर समेत प्रस्ट भएको छैन ।

मेकअपसहितको तस्बिर सामाजिक सञ्जालमा आउनेबित्तिकै मण्डलको मिम्म बनाउन सुरु भइसकेको छ ।  तस्बिरमाथि विभिन्न खालका टिप्पणी भइरहेका छन् । हामीले तल केही प्रतिनिधि ट्रोल राखेका छौं ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage