scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

कालापानीबाट भारतीय सेना फिर्ता गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतले आफ्ना सेना फिर्ता गर्नुपर्ने बताएका छन् । हाल भारतीय सेना फिर्ता गर्ने तयारी गरिरहेको समेत ओलीले प्रस्ट पारे ।

आइतबार युवा संघको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारतलाई आफ्ना सेना कालापानीबाट फिर्ता लैजान आग्रह गरेका थिए । त्यस्तै सरकारले नेपाली भूमीबाट भारतीय सेनालाई फिर्ता पठाउने तयारी समेत गरिरहेको बताए ।

सरकारले नक्सा सच्याइसकेको समेत ओलीले बताए । तर नक्सा सच्याएर मात्रै समाधान नहुने र भारतले आफ्ना सेना फिर्ता लैजानुपर्ने उनको भनाइ थियो ।

‘कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो, नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’

प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको पनि बताए । उनले संवादबाट नै सीमा समस्या हल गरिने बताए । यसअघिका शासकको कमजोरीले नेपाली भूमि मिचिएको र वर्तमान सरकार मिचिएको भूमि फिर्ता गर्न सक्षम रहेको ओलीको भनाइ छ ।

केही बर्ष अघिसम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दै उनले अहिले पूर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताएका थिए।

प्रधानमन्त्री ओलीले भने – ‘राष्ट्रियताको पक्षमा उभिदिने सरकार भइदिए कस्तो हुन्थ्यो भन्ने एउटा सपना थियो । राष्ट्रिय हितको पक्षमा बोलिदिने, राष्ट्रिय अडान लिने, सार्वभौमसत्ताको अडान लिने, स्वाधिनताको अडान लिने सरकार भइदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो । आकांक्षा थियो । आज देशको अग्रभागमा भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा, राष्ट्रिय हितको पक्षमा दृढ उभिने सरकार छ । दलहरुले, पार्टीहरुले, व्यक्तिहरुले ,संस्थाहरुले, संगठित हुन पाए विचार अभिव्यक्त गर्न पाए कस्तो हुन्थ्यो भन्ने समय पनि थियो ।’

प्रधानमन्त्री ओलीको कुरा भिडियोमाः

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage