भारतद्वारा नेपाललाई २५९ रनको लक्ष्य
काठमाडौं, १ मंसिर । भारतमा जारी च्यालेन्जर्स कपमा भारत पहेँलोले नेपाली यू -१९ टोलीसामु २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५९ रन बनाएको हो ।
भारत पहेँलो र नेपाली टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।
भारतका लागि सौरभ कुमारले अविजित ५८ रनको योगदान गरेका थिए । त्यस्तै सुवंग समर्थले नट आउट ३६ रनको योगदान गरे । यता विक्रान्त सिंह ५० रनमा आउट भए भने आर्य सिंह ३१ रनमा पेभेलियन फर्किए ।
नेपालका लागि लेगस्पिनर सागर ढकालले ३ विकेट लिएका थिए । कुशल मल्लमा नाममा २ विकेट रह्यो । पहिलो पटक यू-१९ मा सहभागी विवेक कुमार यादवले १ विकेट लिए ।