विश्वप्रकाशले ‘राष्ट्रवादी अडान परिणाममुखी हुनुपर्छ’ भन्दै ओलीलाई दिए ३ सुझाव
काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको राष्ट्रवादी अडान परिणाममुखी हुनुपर्ने बताएका छन् ।
प्रवक्ता शर्माले आइतबार ट्विटमार्फत् सरकारको राष्ट्रवादी अडान परिणाममुखी हुनुपर्ने बताएका हुन् । शर्माले ओली नेतृत्वको सरकारलाई ३ वटा सुझाव समेत दिएका छन् ।
‘सम्माननीय प्रधानमन्त्री ओली देशले सरकारसँग कालापानी प्रकरणमा रियाक्सन(प्रतिक्रिया) होइन, एक्सन (कामको) प्रतीक्षा गरिरहेको छ’, शर्माले आफ्नो ट्विटमा लेखेका छन्, ‘राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ ।’
त्यस्तै शर्माले राष्ट्रवादी अडानलाई परिणाममुखी बनाउन सरकारले ३ वटा कदम तत्काल चाल्नुपर्ने भन्दै सुझाव दिएका छन् । सरकारले दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद गर्नुपर्ने, नेपालले आफ्नो नक्सा जारी गरेर अडान देखाउनुपर्ने र भारतीय सुरक्षा बल फिर्ता गर्न पहल गर्नुपर्ने शर्माको सुझाव छ ।
सम्माननिय @PM_Nepal देश सरकारसंग कालापानी प्रकरणमा `रियाक्सन´ होइन `एक्सन´ प्रतीक्षा गरिरहेको छ !
१,दिल्लिसंग तत्काल उच्चस्तरीय संवाद l
२,नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रस्टता l
३,भारतीय सुरक्षा बल फिर्ता lदोहोर्याउंछु – रास्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 17, 2019
भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत पारेपछि मुलुकमा यसको विरोध भइरहेको छ । आइतबार मात्रै प्रधानमन्त्री ओलीले नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्ने तयारी गरेको बताएका छन् ।
यो पनिः
कालापानीबाट भारतीय सेना फिर्ता गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री ओली