scheduleआइतवार आषाढ़ २१ गते, २०७७

प्रधानमन्त्री निवासमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। आजको बैठकमा छलफल गरिने एजेन्डाबारे भने केही बताइएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी सुम्पने चर्चा चलेका बैला सचिवालय बैठक बस्न लागेको छ । यद्यपि कसलाई कार्यवाहक तोक्ने भन्ने विषयमा भने नखुलाइएको स्रोतले बताएको छ ।

बैठकमा सचिवालयका एकजना सदस्य उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल अनुपस्थित छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय