माइतीघरमा गुञ्जियो ‘ब्याकअफ इन्डिया, ब्याकअफ चाइना’ को नारा
काठमाडौं, १ मंसिर । भारत र चीनले नेपाली भूमि मिचेको भन्दै नेपाल विद्यार्थी संघले राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
नेपाल विद्यार्थीसँगले बुधबार माइतीघरमा भारत र चीनले नेपाली भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेको हो । भेलामा सहभागी नेविसंघका नेता/कार्यकर्ताले ‘ब्याक अफ इन्डिया र ब्याक अफ चाइना’को नारा लगाएका थिए ।
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी लगायतका क्षेत्र समेटिएपछि मुलुकभर चर्को विरोध भइरहेको छ । सोही क्रममा बुधबार नेविसंघले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
नेविसंघले संखुवासभा लगायतका स्थानमा चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको बताएको छ ।