scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

उपनिर्वाचन २०७६ : २७३ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरियो

काठमाडौं, १ मंसिर । स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते शनिवार हुने उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुरु भएको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाकोे उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगका अनुसार, धरान उपमहानगरपालिकाको प्रमुखका लागि २३, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage