scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

पोर्चुगलको सहज जित, रोनाल्डो दबदबा कायमै

काठमाडौँ, २ मंसिर । गएराति भएको खेलमा पोर्चुगलले लक्समवर्गलाई पराजित गर्दै सन् २०२० मा आयोजना हुने युरोकपका लागि स्थान सुरक्षित गरेको छ । लक्समबर्गलाई पोर्चुगलले २-० गोलले पराजित गर्यो ।

पोर्चुगलका लागि बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

Dish_Home

पोर्चुगलका लागि खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गरे । खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गरे । यो रोनाल्डोले राष्ट्रका लागि ९९ गोल हो ।

समूह बी बाट पोर्चुगल समूह उपविजेता बनेको छ । उसले ८ खेलमा पोर्चुगलले १७ अंक जोडेको छ । सर्बियाको ८ खेलमा १४ छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय