scheduleबिहिवारफाल्गुन २० गते, २०७७

कुटनीति वा युद्धबाट मात्रै भारतीय सेना हटाउन सकिन्छः डा. भट्टराई

फाइल फोटो

काठमाडौं, २ मंसिर । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कुशल कुटनीति वा युद्धबाट मात्रै कालापानीबाट भारतीय सेना हटाउन सकिने बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हटाउने भनेपछि डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सोमबार ट्विट गर्दै कुटनीतिक कौशलता वा युद्धबाट मात्रै भारतीय सेना कालापानीबाट हटाउन सकिने बताएका हुन् ।

यो पनिः
कालापानीबाट भारतीय सेना फिर्ता गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री ओली

भट्टराईले सार्वजनिक रुपमै कालापानीबाट भारतीय सेना हटाउने प्रधानमन्त्री ओलीको घोषणा साहसिक भएको समेत बताएका छन् । तर राज्य सञ्चालनको केन्द्रमा रहेका व्यक्तिले यस्तो घोषणा गर्दा कुटनीति र युद्ध दुबै निष्प्रभावी हुने समेत टिप्पणी गरेका छन् ।

‘सार्वजनिक रुपमै कालापानीबाट भारतीय सेना हटाउने साहसिक घोषणा गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ ! यो कार्य कुशल कुटनीति वा युद्धबाट मात्रै संभव छ’, भट्टराईले आफ्नो ट्विटमा भनेका छन्, ‘तर शक्तिमा रहेका व्यक्तिले गरेको यस्तो घोषणाले दुबै रणनीति निष्प्रभावी हुन्छन् ।’

आइतबार प्रधानमन्त्री ओलीले भारतलाई आफ्ना सेना कालापानीबाट फिर्ता लैजान आग्रह गरेका थिए । सरकारले नेपाली भूमीबाट भारतीय सेनालाई फिर्ता पठाउने तयारी समेत गरिरहेको ओलीको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay