scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

मन्त्रिमण्डल पुनर्गठनः नयाँ मन्त्री बन्ने दौडमा को-को ?

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्रले संभवतः आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने बताइएको छ ।

आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आज (सोमबार) साँझसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्ने बताइएको छ । ओलीले पार्टीभित्रको शक्ति सन्तुलनलाई ख्याल गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा स्रोतले बताएको छ । मन्त्रिपरिषद हेरफेरबारे प्रधानमन्त्रीले पार्टीका शीर्ष नेतासँग समेत छलफल गरिसकेका छन् ।

ओलीले बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र खेलकुदमन्त्री जगत विश्वकर्मालाई हटाउने तयारी गरेको बताइएको छ ।

साथै कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाल बलदेव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डित र खानेपानीमन्त्री बिना मगरलाई हटाउने संभावना रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्रीले बढीमा ८ जना नयाँ मन्त्री ल्याउने छन् । साथै केही मन्त्रीको मन्त्रालय फेर्ने तयारी समेत भइरहेको छ । गोकुल बास्कोटालाई सञ्चार मन्त्रालयबाट हटाएर अन्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । प्रदीप ज्ञवालीलाई परराष्ट्रमन्त्रीबाट हटाएर बिनाविभागीय मन्त्री बनाउन सक्ने बताइएको छ ।

नयाँ मन्त्रीमा पूर्व एमालेबाट छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, कृष्णगोपाल श्रेष्ठ, सांसद पार्वत गुरूङ, महेश बस्नेत, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवारको नाम चर्चामा छ ।

पूर्व माओवादीबाट अग्नी सापकोटा, पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, लेखराज भट्ट लगायतको चर्चा छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage