scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

सेमिफाइनलमा पुग्ने नेपालको सपना तुहियो, बंगलादेशसँग ८ विकेटले पराजित

काठमाडौं, २ मंसिर । इमर्जिङ टिम्स एसिया कपमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।

सोमबार भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई ८ विकेटले हराएको हो । नेपालले दिएको १३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन बताए ।

नेपालका करण केसी र सुशन भारीले समान १-१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल २२ रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा र सोमपाल ३८ रनमा आउट भए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage