scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं, २ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरे ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage