scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

चिनियाँ विज्ञ भन्छन्- भारतले हाम्रो भूमि पनि आफ्नो नक्सामा राख्यो

काठमाडौं. २ मंसिर । चिनियाँ विज्ञहरुले चीनको भूमि समेत भारतले आफ्नो नक्सामा पारेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनिया थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीनको भूभाग समेत नयाँ नक्सामा हालेको दाबी गरेका हुन् ।

आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले भारतको नयाँ नक्सामा चीनको भूमि समेत परेको बताएका थिए ।

चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए । उनले यो समस्या समाधान गर्न दुबै देशले वार्ता गर्नुपर्ने र यसबारे चीनको अलग्गै अडान नरहेको प्रस्ट पारे ।

लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले नयाँ नक्सामा पारेको काइहुवाको भनाइ थियो । भारतको नयाँ नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाउँदै अस्वीकार गरिसकेको समेत उनले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage