scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

बुहारी बिनालाई नहटाउन दाहालको दबाब, मन्त्रिपरिषद पुनर्गठन लम्बियो

काठमाडौं, २ मंसिर । खानेपानी मन्त्री बिना मगरलाई हटाउन वा नहटाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकलम दाहालबीच मतभेद देखिएपछि मन्त्रिपरिषद पुनर्गठनमा ढिलाइ हुने भएको छ ।

मन्त्री मगरलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच विवाद हुँदा मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया ढिला भएको हो ।

गृहमन्त्री रामबहादुर थापालाई हटाउने वा राख्नेबारे समेत ओली र दाहालबीच मतान्तर देखिएको बताइएको छ  ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्ने र खानेपानीमन्त्री मगरलाई हटाउने पक्षमा छन् । अध्यक्ष दाहाल भने गृहमन्त्री थापालाई हटाउने पक्षमा रहेका छन् । तर आफ्नी बुहारी बीना मगरलाई खानेपानीमन्त्रीमै यथावत राख्न चाहेको नेकपा स्रोतले बताएको छ ।

दाहालले गृहमन्त्री थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलका व्यक्ति पठाउने योजनामा छन् । उनले आफ्नो पारिवारिक सम्बन्धका कारण बुहारी समेत रहेकी मन्त्री मगरलाई नहटाउने अडान लिएका छन् ।

दाहाल निकट एक नेताका अनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन । सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट छन् । त्यसकारण थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलको व्यक्ति गृहमन्त्री बनाउने सोचमा दाहाल छन् ।

त्यस्तै अध्यक्ष दाहालले कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादवलाई हटाउन चाहेका छन् । उनी खनाल र यादवको ठाउँमा जनार्दन शर्मा, लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने योजनामा छन् । प्रधानमन्त्री ओली भने थापालाई मन्त्रीमै यथावत राख्न चाहन्छन् । गृहमन्त्री थापालाई यथावत राख्दा पार्टीभित्रको शक्ति समीकरण नबिग्रने उनको बुझाइ छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage