scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

पूजा बोहोरामाथि सामूहिक बलात्कार गर्ने भट्ट र अवस्थीलाई ११ वर्षको जेल सजाय

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतले पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै भट्ट र अवस्थीलाई ११ वर्ष कैद सजाय दिएको हो । भट्ट र अवस्थीलाई बलात्कार गरेकोमा साढे ६ वर्ष र सामूहिक बलात्कार गरेकोमा पाँच वर्ष थपेर साढे ११ वर्षको जेल सजाय सुनाइएको हो ।

त्यस्तै सर्वोच्च अदालतले दोषी र सरकार दुवैले बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने फैसला समेत गरेको छ । अदालतको फैसलामा बोहोरालाई क्षतिपूर्ति स्वरुप भट्ट र अवस्थीबाट जनही साढे २ लाख र सरकारको तर्फबाट ५ लाख भराउन भनिएको छ ।

यसअघि उच्च अदालतले दोषी भट्ट र अवस्थीलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

वि. स २०६८ चैत ७ गते एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय गएकी बोहोरामाथि सामूहिक बलात्कार भएको थियो । उनी गेसपेपर किन्न एक पसलमा गएको बेला भट्ट र अवस्थीले सामूहिक बलात्कार गरेका थिए।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage