scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

रूसको नियन्त्रणमा रहेको यूक्रेनी पानीजहाज फिर्ता

फाइल फोटो

मस्को, २ मंसिर । रूसले एक बर्ष पहिले क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाजलाई सोमबार फिर्ता गरेको छ । ‘सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसको नियन्त्रणमा रहँदै आएका यूक्रेनी नौसेनाका तीन पानीजहाजलाई रूसले सोमबार सम्बन्धित अधिकारीको रोहबरमा फिर्ता गरेको छ,’ रूसी विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि यसबारे यूक्रेनी पक्षले कुनै प्रतिक्रिया दिएको छैन । रूस र यूक्रेन छुट्याउने एजोज समूद्रको सीमा क्षेत्र (केर्च स्ट्रेट) बाट गैरकानूनी रूपमा सीमा पार गरेको भन्दै रूसी सेनाले गत बर्ष ती जहाजलाई नियन्त्रणमा लिएको थियो ।

कब्जामा लिइएका पानीजहाज हस्तान्तरणमा रूसी तथा यूक्रेनी सेनाका उच्च अधिकारी तथा विदेशमन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको मस्को स्रोतले जनाएको छ । एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage