इटालीको ऐतिहासिक जित
काठमाडौँ, ३ मंसिर । युरोकप छनोटमा ईटालीले अर्मिनियालाई ९–१ गोलले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराउन सफल भएको छ ।
इटालीका लागि सिरो ईम्मोबाईल र निकोलो जानिलोले दुईदुई गोल गरे ।
जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे । निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गर्दा निरिह बनेको अर्मिनियाका लागि ईडगर बाबायानले एक गोल फर्काए ।
समूह जेको शीर्ष स्थानमा रहेको इटालीले शतप्रतिशत जित दर्ता गर्यो । उ ३० अंकका साथ शिर्षस्थान छ । अर्मिनिया १० अंकमात्र छ । उ पाँचौ स्थामा छ ।