scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

सन्दीपको टिम फेरि पराजित

काठमाडौँ, ३ मंसिर । युएईमा जारी टी १० क्रिकेट लिगमा डेकन ग्लाडीयटर्सले सन्दिप लामिछानेको टिम कर्नाटकलाई ५ विकेटले पराजित गरेको छ । यो कर्नाटकाले लगातार दोस्रो हार व्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १ सय ११ रनको लक्ष्य दिएको थियो । जबाफमा ग्लाडीयटर्सले ८ ओभर ३ बलमा मात्र ५ विकेट क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

ग्लाडीयटर्सका लागि केइरण पोलार्डले अविजित ४५ रन, भानुका राजपाक्षले २७ रन जोडेका थिए ।

ग्लाडीयटर्सविरुद्ध सन्दीपको खेल खासै राम्रो रहेन । उनको २ ओभर बलिंगमा विपक्षीले ३५ रन बनाए । तर, विकेट लिन उनी असफल रहे ।

कर्नाटकाका लागि जोनसन चार्ल्सले सर्वाधिक ३५ रन, कप्तान हसिम अल्मलाले अविजित ३२, एभिन लुइसले २३, रोस व्हाइट्लीले १३ रन जोडे ।

ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान एकएक विकेट हात पारे ।

कर्नाटकाले ३ खेलमा २ अंक जोडेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage