scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

अमेरिकालाई चीनको चेतावनी- ‘दक्षिणी चिनियाँ सागरमा दादागिरी बन्द गर’

एजेन्सी, ३ मंसिर । चिनियाँ रक्षामन्त्रीले दक्षिणी चिनियाँ सागर(साउथ चाइना सी) मा सैन्य शक्ति प्रदर्शन गरेर दादागिरी नदेखाउन अमेरिकालाई चेतावनी दिएका छन् ।

सोमबार चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले दक्षिणी चिनियाँ सागरमा अमेरिकाले शक्ति प्रदर्शन गरिरहेको र यसले उक्त क्षेत्रमा थप तनाव निम्त्याउने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

सोमबार अमेरिकी रक्षामन्त्री मार्क एस्पर र फेङ्हेबीच थाइल्याण्डको बैंककमा वार्ता भएको थियो । आसियन राष्ट्रका रक्षामन्त्रीको बैठकमा सहभागी हुन बैंकक पुगेका एस्पर र फेङ्हेबीच दक्षिणी चिनियाँ सागर, हङकङमा जारी प्रदर्शन लगायतका विषमा छलफल भएको थियो ।

उक्त अवसरमा चिनियाँ विदेशमन्त्रीले चीनले दक्षिण चिनियाँ सागरमा विमानबाहक युद्धपोत तैनाथ गर्न लागेको बताएका थिए । तालिम र अनुसन्धानका लागि उक्त युद्धपोत तैनाथ गर्न लागेको उनको भनाइ थियो ।

दक्षिणी चिनियाँ सागरमा चीनले स्वदेशमै बनेको विमानबाहक युद्धपोत तैनाथ गर्न लागेको भन्दै फेङ्हेले भने, ‘स्वदेशमा बनेको विमानबहाक युद्धपोतको तालिम गर्ने कार्य एउटा सामान्य प्रक्रिया हो, उक्त तालिम कसैप्रति लक्षित छैन ।’

त्यस्तै फेङ्हेले दक्षिणी चिनियाँ सागरमा चीनले तनाव चर्काउन नचाहेको समेत प्रस्ट पारेका छन् । अमेरिकाले समेत उक्त क्षेत्रमा तनाव चर्काउने काम गर्न नहुने उनको भनाइ थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय