scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

प्रचण्ड भन्छन्- मन्त्रिपरिषद पुनर्गठनमा ‘बार्गेनिङ’ गरेको छैन, मिडियाले भ्रम फैलाए

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठनबारे आफूलाई मुछेर भ्रामक र अनर्गल प्रचार गरिएको बताएका छन् ।

पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनबारे दाहाललाई जोडेर विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यसको खण्डन गरेको छ ।

मंगलबार प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारको घोर भत्र्सना गरेको छ ।

‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’
पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको विषयलाई अध्यक्ष प्रचण्डसँग जोडेर विभिन्न समाचार बाहिर आइरहेका छन् । सोमबार प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन चाहेको र खानेमन्त्री विना मगरलाई यथावत राख्न चाहेको भनेर समाचार बाहिरिएको थियो । तर त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको समाचार बाहिर आएको थियो ।
IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage