scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं, ३ मंसिर । सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि ‘सातौं विश्व शौचालय दिवस’ मनाइएको छ ।

यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरि सहितको कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

नागरिक समाजका अगुवा एवम् पूर्व मन्त्री गणेश साहले महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गरे । साहले वातावरण प्रदूषण हुन नदिन दिसापिसावको प्रशोधन गर्ने उपयुक्त प्रणालीको विकासमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रभातफेरीमा सहभागी भएकाहरुले शौचालयको सफाइमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । नागरिकको स्वास्थ्यको लागि पनि शौचालयको सफाइमा जोड दिनुपर्ने भएकाले घरघरमा शौचालयको सफाइ गर्न जोड दिँदै यस वर्षको विश्व शौचालय दिवस मनाइएको काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद जीवनराज श्रेष्ठले बताए ।

सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ ।

नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ । विश्वमा सन् २००१ देखि चलेको शौचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ मा विश्व शौचालय दिवस मनाउँदै आइएको छ ।

यस वर्ष ‘शौचालयको प्रयोगमा कोही पनि नछुटाऊ’ भन्ने मूल नाराका साथ विश्व शौचालय दिवस मनाइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage