scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

ढुंगा उत्खननलाई लिएर प्रहरी र स्थानीयबीच झडप

उदयपुर, ३ मंसिर । बेलका नगरपालिका- ४ लालबजारमा प्रहरी र स्थानीयबीच झडप भएको छ।

मंगलबार ढुंगा उत्खननलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो । झडपमा तीन जना प्रहरी घाइते भएका छन्  । झडपछि स्थानीयले चक्काजाम गरेका छन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । अहिले आक्रोशित स्थानीयले चक्काजाम गरी यातायात सेवा ठप्प पारेका छन् ।

सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई केही दिनदेखि नियन्त्रणमा लिएका थिए।

मंगलबार बिहान प्रहरीले सुरक्षाका कारण देखाउँदै सदरमुकामतर्फ टिपर लान खोजेको थियो । रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीयले टिपर लगिएको सूचना पाएलगत्तै अवरोध जनाएका थिए ।

नगरपालिकाले पर्याप्त छलफल नगरी लालबजारको सिसुवा खोलाबाट गिटी बालुवा निकाल्न टेण्डर खुलाएको स्थानीयवासीको आरोप छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage