scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

कामचोर ठेकेदारको विरोधमा चरिकोटबासीले मानव साङ्लो बनाए

दोखला, ३ मंसिर । खाडिचौर-चरिकोट सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको भन्दै स्थानीयबासीले मानव साङ्लो बनाएर विरोध गरेका छन् ।

मंगलबार चरिकोटमा स्थानीयबासीले मानव साङ्लो बनाएर विरोध गरेका हुन् । खाडिचौर-चरिकोट सडक निर्माणको ठेक्का लिएको कम्पनी शंकरमालीले लापरबाही गरेर समयमा नै काम सम्पन्न नगरेको स्थानीयको आरोप छ ।

यसअघि शनिबारदेखि स्थानीयले दोलखाबाट चल्ने सार्वजनिक सवारीसाधनमा शंकरमालीका प्रोपाइटर दिपक सापकोटा फोटो टाँसेर विरोध गरेका थिए । ठेकेदारलाई नैतिक दबाव दिन शनिवारदेखि सवारीसाधनमा ठेकेदारको फोटो टाँसी विरोध गर्न थालिएको हो ।

नागरिक अगुवा तथा विभिन्न संघसंस्थाले अरनिको यातायात, रोल्वालिङ यातायात तथा निजी सवारीसाधनमा सापकोटाको फोटो टाँसेका हुन् ।दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले ४ वर्ष बित्न लाग्दा पनि कालोपत्र नगरेको स्थानीयको आरोप छ ।

ठेकेदार कम्पनीले मुडे–चरिकोट सडकखण्डको ३० किलोमिटर सडक डबल लेनको कालोपत्रे सहित २ वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएर थप गरिएको म्याद समेत नाघेको डेढ वर्षसम्म पनि निर्माण कार्य सन्तोषजनक छैन ।

यसअघि थपेको म्यादमा समेत सडकको निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि सडक डिभिजन कार्यालय चरिकोटले मुडे–चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्तिलाई जरीवाना समेत तोकेको थियो ।

 

 

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage