scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

प्रचण्डको गुनासो- सरकारले सोचे अनुसार काम गर्न सकेन

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन्।

मंगलबार भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले सोचे अनुसार काम गर्न नसकेको बताएका हुन् । ‘जनअपेक्षा अनुसार काम भएको छैन, केही ढिलो पक्कै भएकै हो’, उनले भने ।

त्यस्तै प्रचण्डले प्रदेश ५ को राजधानीबारे आफूले यहीँ हुनुपर्छ भनेर किटान नगरेको समेत बताए ।

‘राजधानीका लागि सहयोग गर्ने कुरा छँदैछ, राजधानीबारेमा पक्कै पनि विभिन्न जिज्ञासा छन्, मानिसहरुबीचमा अनेक प्रश्न छन्’, प्रचण्डले भने, ‘बाँके बर्दिया, नेपालगञ्ज जाँदा एउटा भावना छ, दाङमा अर्को भावना छ, रुपन्देही र लुम्बिनी आउँदा अर्को भावना छ । राजधानी सबैलाई लाभ हुने गरी निर्धारित गर्नुपर्छ।’

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage