scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

मरेको कुखुराको मासु खाँदा १ जनाको मृत्यु, ९ जना गम्भीर बिरामी

बैतडी, ३ मंसिर । पुर्चौंडी नगरपालिका-२ जरसौंमा मरेको कुखुराको मासु खाँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार मरेको कुखुराको मासु खाएर बिरामी परेकी १५ वर्षीया पुष्पा कार्कीको मंगलबार ज्यान गएको हो । मरेको कुखुराको मासु खाएपछि पुष्षा गम्भीर विरामी भएकी थिइन् ।

त्यस्तै मरेको कुखुराको मासु खाएर ९ जना गम्भीर बिरामी परेका छन् ।

बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् । ७० वर्षीय पार्वतीबाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको छ ।

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। आइतबारदेखि परिवारका १० जना बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए । बिरामी परेकी मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको उनले बताए।

मासु खाएपछि बिरामी भएकामा बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएका पन्तले बताए । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिएपनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको पन्तले बताए ।

महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरका अनुसार बिरामीलाई घरमै गएर औषधि दिँदा पनि बचाउन नसकिएको हो ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage