scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

पत्रकार खेम भण्डारीलाई १ घण्टा कैद र १ रुपैयाँ जरिवाना

काठमाडौं, ३ मंसिर । निर्मला पन्त प्रकरणलाई तोडमोड गरेपछि चर्चामा आएका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको छ ।

जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई एक घण्टा जेल सजाय र एक रुपैयाँ जरिवाना सुनाएको हो । भण्डारी मंगलबार नै छुट्नेछन् ।

अदालतले कैद र जरिवाना सुनाएपछि पत्रकार भण्डारी कारागार गएका छन्। उनले अदालतले तोके अनुसारको एक रुपैयाँ जरिवाना पनि तिरेका छन् ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा अदालतको प्रक्रियालाई प्रभाव पारेको आरोपमा भण्डारीलाई एक घण्टा जेल सजाय  र एक रुपैयाँ जरिवाना तोकिएको हो ।

‘एक रुपैयाँ जरिवाना मैले तिरेको छु र एक घण्टा जेल बस्न गइरहेको छु’, अदालतको फैसलापछि पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले, ‘त्यसपछि म आएर यसलाई न्याय परिषदमा लैजान्छु ।’

भण्डारीले अदालतको फैसलामा अत्यन्त तानाशाही भाषा प्रयोग गरिएको समेत बताएका छन् । उनले फैसलालाई लिएर न्यायपरिषद, पुनरावेदन र सर्वोच्चमा जाने बताए।

जिल्ला बार इकाइले भण्डारी विरुद्ध अदालतको अबहेलना गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage