scheduleमगलवार आषाढ़ २३ गते, २०७७

काँग्रेस भन्छ- उपनिर्वाचन सरकारलाई सच्चिन दवाव दिने अवसर

काठमाडाैं, ३ मंसिर ।  नेपाली काँग्रेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ । मंगलबार  पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताको हातमा अवसर आएको बताएका हुन् ।

‘यो उपनिर्वाचन मतदाताका लागि अवसर हो,’ शर्माले भने सच्चिनका लागि सरकारलाई दबाब दिन मतदाताले विश्लेषण गर्नुपर्छ । २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त ? भन्दै प्रवत्ता शर्माले प्रश्न गरेका  थिए । नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि काँग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माको टिप्पणी थियो ।

कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न नदिने शर्माले बताए । सरकारले २१ महिना पूरा गरेको अवसरमा काँग्रेसले २१ बुँदामा सरकारको टिप्पणी पनि गरेको छ । सरकार राष्ट्रियताको विषयमा कमजोर रहेको, संविधान संशोधन गर्न नसकेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, वाइडबडी लगायतका अनियमितताको घटना छानबिन गर्न नसकेको काँग्रेसको आरोप छ ।

बुढीगण्डकी आयोजनामा कम्युनिस्ट सरकारको राष्ट्रघात देखिएको, मेलम्ची आयोजना समयमा पूरा गर्न नसकेको, निजगढ विमानस्थल अन्योलमा रहेको, चिकित्सा शास्त्रका विद्यार्थी ठगी गर्नेलाई कारबाही गर्न नसकेको, प्रेसमाथि नियन्त्रण गरेको लगाएतको आरोप काँग्रेसले सरकारलाइ लगाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय