scheduleबिहिवारबैशाख ९ गते, २०७८

सुरु भयो नेकपाको सचिवालय बैठक, यस्ता छन् एजेण्डा

काठमाडौँ, ४ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, अध्यक्षको कार्यविभाजन, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे छलफल हुने बताइएको छ ।

आज (बुधबार) को बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विशेष छलफल हुनेछ ।

मन्त्रिपरिषद पुनर्गठनलाई लिएर बुधबार बिहान प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल समेत भएको थियो ।

छलफललगत्तै ओली र प्रचण्ड राष्ट्रपति कार्यालय पुगेका थिए । बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

बैठकले अध्यक्षद्वयले हटाउन लागेका मन्त्री र नयाँ नियुक्त हुन लागेका व्यक्तिको नामावलीलाई अनुमोदन गर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay