scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेकपाका दुई पाइलटः प्रचण्डले पार्टी हाँक्ने, ओलीले सरकार

काठमाडौं, ४ मंसीर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सम्पन्न सचिवालय बैठकले पूरै कार्यकाल अर्थात पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीले ५ वर्ष नै सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ ।

पूर्व एमाले र माओवादीबीच पार्टी एकता हुने बेलामा सरकार र पार्टी सञ्चालनमा आलोपालो हुने भनेर अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री ओलीबीच लिखित सहमति भएको थियो । यसअघि प्रचण्डले उक्त सहमति अनुसार नै अघि बढ्नु पर्ने बताउँदै आएका थिए । तर पछिल्लो समय ओलीलाई नै ५ वर्ष सरकार सञ्चालन गर्न दिनेबारे प्रचण्ड लचक देखिँदै आएका छन् ।

प्रचण्डले पाँच वर्ष सरकार सहज ढङ्गले चलोस् भन्नेतिर आफ्नो ध्यान रहेको बताउँदै आएका छन् । सरकारलाई अस्थिर बनाउने गरी नेतृत्व परिवर्तन गर्ने आफ्नो चाहना नभएको र समझदारी भयो भने ओलीले नै पाँचै वर्ष सरकार चलाउन सक्ने भनेर प्रचण्डले सार्वजनिक रुपमा भन्दै आएका थिए ।

सहमतिमा आलोपालो भनिए पनि ओलीकै नेतृत्वमा सरकार पाँच वर्ष चल्न सक्नेमा प्रचण्ड अडिग हुँदै आएका थिए । सोही आधारमा नै बुधबार बसेको सचिवालय बैठकले ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले गरेका निर्णय जस्ताको त्यस्तैः

अध्यक्षद्वयको कार्यविभाजनका सम्बन्धमा निम्नानुसार गर्ने निर्णय गरियोः

– अध्यक्षद्वय कमरेडहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताक्रम यथावत रहने ।

– अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने ।

– प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।

– पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

नेकपाको निर्णयबारे प्रवक्ता नारायणकाजि श्रेष्ठको भनाइ भिडियोमा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay